


काठमाडौँ – नेपाल राष्ट्र बैंकले दशैँका लागि २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणालीमा पठाएको छ । यस वर्ष दशैंमा १२ अर्ब रुपैयाँको साना दरको नोट साटहीको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । राष्ट्र बैंकले २९ भदौदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो । यस्तै ठूला दरको ९५०० र १०००० दरका १० अर्ब बराबरको नोट सहटी भएको उनले बताए ।


साना दरका नोट अथवा थप सहटी नहुने तर ठूला दरका नोट भने दशैं बिदा लामो भएकोले बैंकहरुले एटीएममा राख्नका लागि थप माग गर्नसक्ने उनले बताए । यस वर्ष दशैं लक्षित साना र ठूला दरको २५ अर्ब रुपैयाँ भन्दा माथिको नयाँ नोट बजारमा जाने देखिएको नेपाल बताउँछन् । गत वर्ष साना दरको करिब ८ अर्बको नोट सटही भएकोमा यस वर्ष बढेको उनले बताए ।

