घट्यो सुन र चाँदीको भाउ

Dadeldhura hospital

काठमाडौँ- नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९० हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...