अत्तरिया- संघीय गणतन्त्र नेपालको संविधान जारी भइ आठौं बर्षमा प्रवेश गरेको अवसरमा सोमबार देशैभरी उल्लासका साथ संविधान दिवस मनाएको छ । स्थानीय तहदेखि प्रदेशस्तरीय विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइएको छ ।






त्यस्तै अत्तरिया जेसिजको आयोजनामा संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । अत्तरिया जेसिजका अध्यक्ष हर्क कडायत लगायत सम्पुर्ण अत्तरिया जुनियर जेसिजका सहभागिहरुको उपस्थितिमा नेपालको नक्शा बनाएर अत्तरिया चोकमा दीप प्रज्वलन गरि संविधान दिवस मनाएका हुन् ।






