कृष्णपुर नगरपालिकाको वडा नं.९ मा जग्गा नापजाँच
नापिलाइ राजनिती र निर्वाचन संग नजोड्न नगर प्रमुख ओझाको आग्रह


अत्तरिया– कृष्णपुर नगरपालिकाले बुधबार देखि भएको जग्गा नापजाँचको कार्यलाई बिहीबार पनि निरन्तरता दिएको छ । बुधबार वडा नं. २ को अठन्निफाँटा र वडा नं. १ को पुतलीबजारबाट जग्गा नापजाँच गरिएको थियो ।






त्यस्तै बिहीबार वडा न ९ को राजघाट स्थित जोरायल कटानबाट नगरप्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यतामा जग्गा नापजाँच कार्यको शुभारम्भ भएको छ । जग्गा नापजाँचको कार्य द्रुत गतिमा गराई कृष्णपुर नगरपालिका भित्र बसोबास गर्दै आउनु भएका सम्पुर्ण भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई छिटोभन्दा छिटो जग्गाधनी पुर्जा दिलाउन नगरप्रमुख ओझाको सम्पूर्ण टिम सक्रिय रुपमा लागिपरेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले नापिलाई राजनिती र निबार्चन संग नजोड्न हुन आग्रह समेत गरेका छन् । ‘आउदो निर्वाचनमा भोट आफ्नो आफ्नो पाटिलाई हाल्नु होला तर निर्वाचन आदि बाहानामा नक्सा नापी रोक्ने प्रयाश नगर्नु होला नगर प्रमुख ओझाले भने ।’ कृष्णपुर नगरपालिकाको ऐलानी जग्गालाई ६ महिना भित्र नापजाँच गरिसक्ने लक्ष्य लिइएको नगर प्रमुख ओझाले बताए ।