सुदूरपश्चिमका एक/दुई ठाउँमा ठूलो वर्षा

काठमाण्डौ- काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर, बिहानै घाम लागे पनि फेरि बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार केही समयपछि नै मौसम बदली हुने सम्भावना छ । आज दिउँसोपछि धेरैजसो पहाडी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ ।

Dadeldhura hospital

तराईका जिल्लामा भने थोरै ठाउँमा मात्रै पानी पर्ने अनुमान रहेको मौसमविद् प्रधानाङ्गले बताए । उनका अनुसार दिउँसो आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।

godawari10 Mahila hinsa
Navadurga sun

यस्तै, राति सुदूरपश्चिम र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । आजभन्दा भोलि र भोलिभन्दा पर्सि झन् धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ । पर्सिदेखि मनसुनी गतिविधि थप सक्रिय हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार मनसुनसँगै बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा वर्षा भइरहेको हो ।

Loading...