काठमाडौं- शुक्रबार सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।



आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय, तेजावी सुनको मूल्य ९३ हजार ४ सय र चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ तोकिएको छ।


बिहीबार छापावाल सुनको मूल्य ९३ हजार ८ सय, तेजावी सुनको मूल्य ९३ हजार ३ सय र चाँदीको मूल्य एक हजार १३५ रुपैयाँ थियो ।