बाजुरा- प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस बाजुराले ७ जनाको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ।सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् ।
सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय कविराज पण्डित र मन बहादुर रावल छन् ।

सिफारिस भएका कविराज पण्डित, खम्म बहादुर खाति, शेर बहादुर खाति र डा.अंगराज तिमिल्सेना देउवा पक्षका हुन् । त्यस्तै, बद्रि पाण्डे र मान बहादुर रावल कोइराला पक्षधर हुन् । जनक राज गिरी भने काँग्रेस जिल्लाको अधिबेशनमा कोइराला पक्षमा उभिएका थिए, केन्द्रिय अधिबेशनमा भने देउवा पक्षबाट केन्द्रिय सदस्य लडेका थिए ।
