काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने दाबी गरेका छन्। समानुपातिक र प्रत्यक्ष गरी प्रतिनिधि सभामा उक्त सिट जित्ने दाबी उनले गरेका हुन्।



कञ्चनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै बलबुतामा उक्त सिट जित्ने दाबी गरे। उनले भने, ‘अरुको बैसाखी टेकेर होइन। जनताले भोट हालेर जित्छौं।’


उनले नेपाली कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका होलान् ? भन्दै कटाक्ष पनि गरे। उनको टिप्पणी थियो, ‘मनमनै छटपटाएका छन्। खान मन नलागेर घरमा खाना थोरै पस्क भन्छन्। सुत्ने बेला निद्रा लाग्दैन। छटपटिन्छन्। यस्तो छ पार्टीको हालत। के होला भनेर लागियो।’