नागरिक उन्मुक्ति पार्टीको तीन हप्ते मेची-काली अभियान

कैलाली- नागरिक उन्मुक्ति पार्टीको तीन हप्ते मेची-काली अभियान भदौ ६ बाट सुरु भएको छ । यस क्रममा पहिलो दिन कञ्चनपुरमा संगठन विस्तारको कार्यक्रम तथा दोस्रो दिन ७ गते टीकापुरमा थरुहट विद्रोहको स्मरण दिवस मनाएको छ । त्यस्तै बुधबार कैलालीको लम्कीमा मौन जुलुस तथा कोणसभा कार्यक्रम गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले कैलाली-१ बाट उम्मेदवारीको घोषणा गरिन् ।

उनले २०७२ भदौ ७ गतेको टीकापुर घटनामा थारु समुदायलाई मात्रै दोष दिइएको तर भदौ ८ को थारुहरुको घर, पसलमा आगजनी गरिएको घटना नजरअन्दाज नगरिएकोमा दुखेसो पोखिन् । मेची-काली अभियान अन्तर्गत त्यस्तै आज बिहीबार भदौ ९ गते बाँकेको राप्तीसोनारी, भदौ १० गते दाङदेउखुरी, भदौ ११ गते कपिलवस्तु, भदौ १२ गते रुपन्देही, भदौ १३ गते नवलपरासी कार्यक्रम गरिने भएको छ । त्यस्तै भदौ १४ गते चितवन, भदौ १५ गते पर्सा, भदौ १६ गते बारा, भदौ १७ गते रौतहट, भदौ १८ गते सर्लाही तथा भदौ १९ गते महोत्तरीमा कार्यक्रम गरिने सो पार्टीले जनाएको छ ।

Navadurga sun

त्यस्तै, भदौ २० गते धनुषा, भदौ २१ गते सिराहा, भदौ २२ गते सप्तरी, भदौ २३ गते सुनसरी, भदौ २४ गते मोरङ, भदौ २५ गते झापा तथा भदौ २६ गते उदयपुरमा नागरिक उन्मुक्ति पार्टीले कार्यक्रम गर्ने भएको छ । पार्टीका संरक्षक रेशम चौधरीका अनुसार पार्टीले पहाडी क्षेत्र लगायत ४१ जिल्लामा प्रदेश तथा संघीय सांसदको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । तर मेची-काली अभियानमा पहाडी जिल्लामा कार्यक्रम समेटिएको छैन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...