धनगढीमा ओझा र राणाको चर्चा

धनगढी- सरकारले मंसिर ४ मा प्रतिनिधि र प्रदेश सभा निर्वाचन घोषणा भएसँगै सुदूरपश्चिमको प्रमुख सहर तथा प्रदेश राजधानी धनगढीमा दुई नेताबारे चुनावी बहस हुन थालेको छ । यहाँका चियापसलदेखि चोकचौतारामा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा र पूर्वराज्यमन्त्री तथा कांग्रेस नेता पुष्करनाथ ओझाबारे राजनीतिक विषयमा चासो राख्ने बीच मात्रै होइन सर्वसधारणमा पनि चासो बढेको छ ।

Dadeldhura hospital

०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजु एमालेका नारदमुनि रानासँग करिब ४ हजार मतले पराजित भएकी थिइन् । त्यतिबेला दाबेदार रहेको नेता ओझाले आरजुलाई असहयोग गरेको आरोप लागेको थियो । त्यही आरोपले ओझा पार्टीबाट कारवाहीमा परेका थिए ।

Navadurga sun
Godawari sandesh

त्यतिबेला कारबाहीमा परेका सबैजसोको गत स्थानीय तह निर्वाचनमा फुकुवा भए पनि ओझाको हालसम्म कारबाही फुकुवा भएको छैन । ओझाले मंसिर ४ मा कैलाली ५ बाट उम्मेदवार बन्ने अनौपचारिक घोषणा गरिसकेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा प्रधानमन्त्री देउवा कैलाली ५ बाट पनि निर्वाचित भएका थिए । उपनिर्वाचनमा संविधानसभा सदस्य भएका थिए ।

Loading...