१० औं राष्ट्रिय महाधिवेशनको लोगो एमालेले सार्वजनिक गर्‍यो

काठमाडौँ, २६ कार्तिक– नेकपा एमालेले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले नयाँ लोगो सार्वजनिक गरेका हुन् ।

Dadeldhura hospital

यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरूलाई कम्तीमा सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान सिष्टमबारे जानकारी गराएका थिए ।

Navadurga sun
Godawari sandesh

एमालेको सो राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन् । त्यसका लागि भोलि (शनिबार) देशभर प्रतिनिधि चयन हुँदै बताइएको छ । सूर्य चिन्हसँगै एकसिंगे गैंडाले कम्युनिस्ट पार्टीको झण्डा बोकिरहेको चित्र नयाँ लोगोमा छ ।

Loading...