
काठमाडौँ- नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।


यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा आइपुगेको छ। तेजावी सुनको भाउ पनि ९४ हजार ८ सय रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।





