डडेल्धुरामा देउवालाई टक्कर दिन खोजेका कर्ण मल्ल कांग्रेस बीपीको वरिष्ठ उपसभापति मनोनित

Dadeldhura hospital

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामै टक्कर दिन खोजेका पूर्व प्रदेश सांसद कर्णबहादुर मल्ल नेपाली कांग्रेस बीपीको वरिष्ठ उपसभापति मनोनित भएका छन् । नेपाली कांग्रेसबाटै प्रदेश सांसद निर्वाचित भएका मल्लले देउवाको कार्यशैलीविरुद्ध विद्रोह गर्दै स्थानीय चुनावअघि पार्टी परित्याग गरेका थिए । कांग्रेस परित्याग गरेपछि मल्ल कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।

मल्लले प्रदेशसभा सांसदबाट समेत राजीनामा दिएका छन् । बुधवार बसेको कांग्रेस बीपीको पदाधिकारी बैठकले मल्ललाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिएको हो ।

पूर्व प्रदेश सांसद मल्लसँगै पार्टी प्रवेश गरेका करुणाकर भट्ट, हरिप्रसाद भट्ट र तहरिसिंह बोहरालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ । तीनै जना डडेल्धुराका प्रभावशाली नेता हुन् । पार्टी महाधिवेशनका बेला क्रियाशील सदस्यता विवादका कारण देउवा र मल्लको दूरी बढेको थियो । मल्लले कुनै बेला देउवाको सचिवालयमा बसेर समेत काम गरेका थिए ।

Loading...