घट्यो सुनको भाउ, चाँदीको स्थिर



काठमाडौँ– सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो।


यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा आइपुगेको छ। सोमबार चाँदीको भाउ भने स्थिर छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।



