छानबिन समितिको बैठक सुरु, बयान दिन पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा

काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्मा सिंहदरबार पुगेका छन्। संसदीय विशेष छानबिन समितिको बैठकमा आफूमाथि भइरहेको छानबिनका विषयमा बयान दिन शर्मा सिंहदरबार गएका हुन्। जारी बैठकमा समितिका एघारै जना सदस्य उपस्थित छन्। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको आरोप लागेपछि यतिबेला शर्मामाथि छानबिन चलिरहेको छ।

यसअघि समितिले छानबिनकै क्रममा समाचार प्रकाशन गर्ने सञ्चारगृहका प्रधानसम्पादकदेखि समाचार खुलासा गर्ने संवाददातालाई समेत बोलाएर छलफल गरिसकेको छ। मन्त्रालयका सम्बन्धित कर्मचारीको बयान लिने क्रम पनि सकिसकेको छ।

Navadurga sun

समितिले सीसीटीभी फुटेजका लागि भने हार्डड्राइभ नै मगाउँदा पनि सो दिनको फुटेज प्राप्त भएको छैन। यसअघि नै अर्थ मन्त्रालयले हार्डड्राइभको क्षमताका कारण १३ दिनभन्दा बढी फुटेज स्टोर गर्न नसकेको स्पष्टिकरण दिएको थियो। यस्तै हिजो समितिले छानबिनका लागि थप सात दिन म्याद थप गर्न सभामुखलाई आग्रह समेत गरेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...