कञ्चनपुरका स्थानीय तहमा ३१ करोडभन्दा बढी बेरुजु

कञ्चनपुर– कञ्चनपुरका नौ स्थानीय तहमा आब २०७७/७८ मा रु. ३१ करोड १५ लाख १४ हजार बेरुजु रकम देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदन अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु भीमदत्त नगरपालिकामा आएको छ भने सबैभन्दा कम बेरुजु बेलडाँडी गाउँपालिकामा आएको छ। प्रतिवेदन अनुसार भीमदत्त नगरपालिकामा रु। १० करोड २४ लाख १० हजार(३.४ प्रतिशत) बेरुजु आएको छ।

बेलडाँडी गाउँपालिकामा रु। ४८ लाख ८७ हजार(०.६१ प्रतिशत) बेरुजु देखिएको छ। यसैगरी बेरुजु बढी आउने पालिकामा कृष्णपुर नगरपालिका दोस्रो स्थानमा छ। कृष्णपुरको बेरुजु ३.३८ प्रतिशत अर्थात् रु. ५ करोड २३ लाख ३८ हजार आएको छ।

Navadurga sun

बेलौरी नगरपालिकाको बेरुजु २.६९ प्रतिशत अर्थात् रु. ३ करोड ९८ लाख ५६ हजार, दोधाराचाँदनी नगरपालिकाको बेरुजु २.३७ प्रतिशत अर्थात् रु.३ करोड १२ लाख ३५ हजार, वेदकोट नगरपालिकाको बेरुजु २.६२ प्रतिशत अर्थात् रु। ३ करोड ८३ लाख ६३ हजार रहेको छ।

त्यस्तै पुनर्वास नगरपालिकाको बेरुजु १.४८ प्रतिशत अर्थात् रु. २ करोड ३५ लाख ८१ हजार, शुक्लाफाँटा नगरपालिकाको बेरुजु ०.९२ प्रतिशत अर्थात् रु. १ करोड २९ लाख ५८ हजार र लालझाडी गाउँपालिकाको बेरुजु ०.६९ प्रतिशत अर्थात् रु ५८ लाख ५६ हजार रहेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...