श्रीलंका छोडेर भागेका राष्ट्रपति राजापाक्षेले दिए राजीनामा

काठमाडौँ– आन्दोलन चर्किएपछि भागेर सिङ्गापुर पुगेका श्रीलंकाली राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिएका छन् । उनको राजीनामाको खबरले प्रदर्शनकारी खुशी भएका छन् । राजापाक्षेले सभामुखलाई इमेलमार्फत राजीनामा पत्र पठाएका हुन् ।

Bhancha ghar0

सभामुखले सबै प्रक्रिया पुरा गरेर आधिकारिक रुपमा शुक्रबार राजीनामा घोषणा गर्ने बताएका छन् । मंगलबार राति मालदिभ्स पुगेको राजापाक्षे बिहीबार सिङ्गापुर ओर्लिएका हुन् । उनको साथमा पत्नी र दुई अंगरक्षक रहेको बताइएको छ । पक्राउ पर्ने डरले राजीनामा दिनुअघि उनले देश छाडेको बताइएको छ ।

सिङ्गापुरले राजापाक्षेले शरण माग नगरेको बताएको छ । सिङ्गापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई आगमनको अनुमति दिएको तर शरण नदिएको स्पष्ट पारेको छ । राजापाक्षेले भाग्दै गर्दा प्रधानमन्त्री पदमा रहेका रनिल विक्रमासिंगेलाई कामचलाउ राष्ट्रपति बनाएका छन् । यद्यपि, औपचारिक रुपमा अन्तरिम राष्ट्रपति बन्न उनले शपथ लिनुपर्ने हुन्छ । त्यसपछि ३० दिनभित्र संसदले उनलाई अनुमोदन गर्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.