सुदूरपश्चिमका पहाडी केही स्थानहरुमा चट्याङसहित वर्षा

काठमाडौं– देशका तीन प्रदेशका केही क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशका थोरै स्थान, बागमती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Navadurga sun

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने सम्भावना छ। दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...