घट्यो सुन र चाँदीको भाउ



काठमाडौँ– नेपाली बजारमा बुधबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।


यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ८ सय रुपैयाँमा झरेको छ।त्यस्तै बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ।



