काठमाडौं– प्रतिनिधि सभाको उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले ३१ गते शुक्रबार दिउँसो ३ बजेका लागि निर्वाचनको समय निर्धारण गरेका हुन् ।
लगतै संसद सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ, जसअनुसार भोलि बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
उम्मेदवारहरूको सूची साढे १ बजे प्रकाशित हुनेछ भने ३१ गते ३ बजे बस्ने संसदको बैठकमा उम्मेदवारीको सूचना प्रस्तुत हुनेछ ।तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।
