काठमाण्डौं- नेपाली काँग्रेसले मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश गरेको प्रस्तावमा फरक मत राखै सम्पुणर् महासमिति सदस्यहरुको तर्फबाट अघिल्लो महाधिवेशनमा खुलाबाट केन्द्रीय सदस्यको उम्मेदवार युवानेता क्षितिज भण्डारीले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै मानमर्दन हुने यस्तो अपरिपक्व र पुर्वाग्रहि मर्यादाक्रम संशोधन गर्न आग्रह गरेका छन् ।
युवानेता भण्डारीले पार्टीले बिना छलफल तयार पारेको ४ नीतिगत आधार भनेपनि यो निकै त्रुटिपूर्ण पुर्वाग्रहि र ब्यवहारिक कार्यन्वयन बिवादस्पद देखिएको तत्कालै सच्चाउन माग गर्दै देउवालाई नेपाली कांग्रेस प्रजातान्त्रिकसंग एकीकरण भएको १५ बर्ष अघिदेखी पार्टीको प्रचलनमा आएको बरिस्ठ नेताको पद र निकटतम प्रतिद्वन्दीलाई केन्द्रिय मर्यादाक्रममा सम्मान दिने प्रचलन रामचन्द्र पौडेल वा शेखर कोईरालासंग मात्रै जोडिएको छैन भनेर ईतिहास स्मरण गराएका छन् ।
युवानेता भण्डारीले देशभरको चुनावका निकटतम प्रतिद्वन्दी सयौं नेताहरु र तिनको समर्थकको समूह र गुटको निकटतम प्रतिद्वन्दीको सम्मानको लडाईले ७ प्रदेश, ७७ जिल्ला, क्षेत्र, नगर, गाउँ र वार्ड सम्म बिवाद बढ्ने बारे देउवाको ध्यानाकर्षित गराएका छन् । राजनीति विश्लेषण गर्दै भण्डारीले तथ्यांकअनुसार सयौं पराजित नेताहरुको मर्यादाक्रमको बिवाद बढ्दा संघ र प्रदेश निर्वाचनमा असर पर्न सक्ने बारे नेतृत्वले दुरदर्शिताका साथ आत्मचिन्तन गरेर विधिसम्मत, एकीकृत ढङ्गले निणर्य लिएर अगाडी बढनुपर्ने सुझाव दिएकोमा धेरै केन्द्रिय सदस्यको समर्थन देखिएको छ ।
बौद्धिक नेता भण्डारीले पार्टीको शक्तिशाली जिल्ला सभापतिलाई प्रदेश उपसभापति र महामन्त्री भन्दा तलका पदाधिकारीको मातहत राख्न नमिल्ने तर्क गर्दै मनोनीत प्रबक्ता पनि पदाधिकारी हुन्छ । अब जिल्ला सभापति प्रबक्ता भन्दा तल राखेर पार्टी संचालन संभव छ ? भनेर प्रश्न तेर्साएका छन् ।
नेता भण्डारीले विधानमा जबर्जस्ति थोपारिएको केन्द्रिय आमन्त्रित सदस्य भन्दा तल निर्वाचित प्रदेश मुख्यमन्त्री, संघिय मन्त्री देखि पुर्ब उपप्रधानमन्त्रीलाई राखेर ती पद को बेईज्जत मात्रै होईन ती पदको राप र ताप ले यो निणर्य कार्यन्वयन नहुने, हास्यास्पद देखिने रहस्य खोलेका छन् ।
नेता भण्डारी तर्क गर्छन कि प्रदेश कार्यसमिति सदस्य जस्तो मनोनीत पनि गर्न मिल्ने पदको तल महानगरको मेयर, महासमिति सदस्यहरु र भातृसंस्थाको केन्द्रिय अध्यक्षको मर्यादाक्रम राख्दा कुनै कार्यक्रममा यो मर्यादा पालना नभई बिवाद निम्तिने देखिन्छ ।
धनगढीबाट सर्वसम्मत महासमिति सदस्य रहेका भण्डारीले केन्द्रीय बिभाग पदाधिकारी र सदस्य जस्तो महत्वपूणर् पदलाई धेरै तल राखेर बिभागलाई आकर्षणविहिन पार्ने षड्यन्त्र किन गरिदैछ भनेर सोधेका छन् । भण्डारीले महानगर, उपमहानगर र नगर सभापतिलाई क्षेत्रीय पदाधिकारीभन्दा तल राख्ने गलत मर्यादा ब्याख्याको पालना गर्न नगरमा निकै गार्हो भएको प्रष्ट पारेका छन् ।
देउवालाई सामाजिक सन्जालबाट अनुरोध गर्दै भण्डारीले नेपाली कांग्रेसका नेताहरूले पार्टी विधानले व्यवस्था गरेको तहगत संरचना, पार्टी विधानले व्यवस्था गरेको पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधार रहेको बताए पनि ब्यवहारिक रूपमा पालना नहुने र पदको मानमर्दन गर्ने मर्यादाक्रमले पार्टीलाई गम्भीर बिवाद संकटमा पुराउने हुनाले तत्कालै संशोधन गरेर पारित गर्न दिएको सुझाव को पक्षमा ५० भन्दा बढी जिल्ला सभापति र महासमिति सदस्यहरु रहेको देखिन्छन् ।
