गणपूरक सङ्ख्या नपुगेपछि प्रदेश सभा बैठक स्थगित

धनगढी– गणपूरक सङ्ख्या नपुगेपछि आज मध्याह्न १२ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । ५१ जना प्रदेश सभा सदस्य रहेकोमा जम्मा नौ जना प्रदेश सभा सदस्यको मात्रै उपस्थिति भएको थियो ।

Dadeldhura hospital

गणपूरक सङ्ख्या नपुगेकाले अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले बताए । ‘आजको बैठकमा गणपूरक सङ्ख्या पुगेन’, उनले भने । ‘बैठक सञ्चालन हुनका लागि एक चौथाइ अर्थात् १४ जना सदस्यको उपस्थिति आवश्यक पर्दछ ।’

godawari10 Mahila hinsa
Navadurga sun

प्रदेश सभा बैठकमा उपस्थित भएका प्रदेश सभा सदस्यहरु सत्ता पक्षका मात्रै रहनुभएको थियो । प्रतिपक्षीको उपस्थिति थिएन । प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दल नेकपा ९एमाले०, राजपा र लोसपाका प्रदेश सभा सदस्यहरुले हिजोदेखि प्रदेश सभाको बैठक बहिस्कार गरेका थिए ।

Loading...