गणपूरक सङ्ख्या नपुगेपछि प्रदेश सभा बैठक स्थगित

धनगढी– गणपूरक सङ्ख्या नपुगेपछि आज मध्याह्न १२ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । ५१ जना प्रदेश सभा सदस्य रहेकोमा जम्मा नौ जना प्रदेश सभा सदस्यको मात्रै उपस्थिति भएको थियो ।

गणपूरक सङ्ख्या नपुगेकाले अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले बताए । ‘आजको बैठकमा गणपूरक सङ्ख्या पुगेन’, उनले भने । ‘बैठक सञ्चालन हुनका लागि एक चौथाइ अर्थात् १४ जना सदस्यको उपस्थिति आवश्यक पर्दछ ।’

प्रदेश सभा बैठकमा उपस्थित भएका प्रदेश सभा सदस्यहरु सत्ता पक्षका मात्रै रहनुभएको थियो । प्रतिपक्षीको उपस्थिति थिएन । प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दल नेकपा ९एमाले०, राजपा र लोसपाका प्रदेश सभा सदस्यहरुले हिजोदेखि प्रदेश सभाको बैठक बहिस्कार गरेका थिए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.