निर्वाचनमा पैसाको खोलो बगाउँछन् भनेर डर लाग्छ

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने डरलाग्दो अवस्था आएको देखेर चिन्ता लागेको बताएका छन्। भक्तपुरको सानो ठिमीस्थित युवा परिषद्मा आज आयोजना गरिएको ुसङ्घीय नमूना युवा संसद् अभ्यास कार्यक्रु को उद्घाटन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

सभामुख सापकोटाले मानव चेतनाको स्तर जति उचो भयो त्यति नै लोकतन्त्रले जनताको पक्षमा भूमिका खेल्न सक्ने चर्चा गर्दै संसद् जनताको आवाज प्रष्फुटित हुने थलो भएको बताए।

Navadurga sun

संसद्मा लोकतन्त्रको उच्चतम अभ्यास हुने थलो हुने भएको उल्लेख गर्दै उनले भने, ‘हामी लोकतान्त्रिक हुन सके मात्र लोकतन्त्र सफल हुन्छ, लोकतन्त्रको विकल्प झन् उन्नत लोकतन्त्र हो, त्यो प्रवचन र भाषण दिने विषय मात्र नभई जीवन पद्धति भएको छ।’

विचारभन्दा ठूलो दुनियाँमा केही नभएको चर्चा गर्दै सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसङ्गतिको अन्त्यका लागि युवाले अभियान नै चलाउनुपर्ने बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...