कैलालीको गोदावरी नगरपालिकाले ल्यायो १ अर्ब २५ करोड बढीको बजेट

अत्तरिया, १० आसर– कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागी १ अर्ब २५ करोड ८ लाख ५० हजार बजेट ल्याएको छ ।

Dadeldhura hospital

शुक्रबार नगरप्रमुख बिरेन्द्र भट्टले आठौँ नगरसभामा उक्त बजेट प्रस्ताब गरेका छन । उनले उक्त बजेट प्राप्तीको लागी नेपाल सरकारबाट प्राप्त हुने संघिय बित्तिय समानीकरणबाट २१ करोड ४४ लाख, संघिय राजस्व बाँडफाँडबाट १७ करोड ३६ लाख ८९ हजार, संघिय सशर्त अनुदानबाट ३७ करोड ५ लाख प्राप्त हुने बताएका छन ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै संघिय बिशेष अनुदानबाट २ करोड, संघिय समपुरक अनुदानबाट १ करोड ४० लाख, प्रदेश बित्तिय समानिकरणबाट १ करोड ६० लाख १० हजार, प्रदेश राजस्व बाँडफाँडबाट ५९ लाख ४९ हजार, स्थानिय राजस्वबाट ६ करोड ९ लाख ९५ हजार ५ सय, आन्तरिक स्रोतबाट ११ करोड ५३ लाख ६ हजार ५ सय र संचित कोषबाट २६ करोड प्राप्त हुने उक्त बजेटमा उल्लेख गरिएको छ ।

Loading...