अछाम घटनाः पोस्टमार्टमपछि आफन्तले शव बुझे

धनगढी, २६ जेठ– अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.४ मा मृत भेटिएका किशोर विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् । शव भेटिएको ६ दिनमा उनको पोस्टमार्टमपछि बिहीबार उनका आफन्तले शव बुझेका हुन् ।

पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेपछि पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए । उनका अनुसार किटानी जाहेरी दर्ता गरेपछि आफन्तले शव बुझेका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नवनिर्वाचित जनप्रतिनिधि लगायतको नाममा किटानी जाहेरी दर्ता भएको उनले बताए । यस्तै घटना अनुसन्धानको निष्कर्षतिर पुगेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । उनले अबको हप्ता दिनभित्र अनुसन्धानको अन्तिम नतिजा आउने दाबी समेत गरे ।

अहिलेसम्म प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ । राजनैतिक विवादका कारण कांग्रेस कार्यकर्ताले विनोदको हत्या गरेको आरोप नेकपा एमालेले लगाउँदै आएको छ ।

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ । शाहीको बिहीवार पंचदेवल विनायक नगरपालिका वडा नं. ४ कालिका स्थान बेलेखतको कणर्ाली नदिमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको हो ।

विनोदको शव घरनजिकैको जंगलमा भेटिएको थियो । मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए । तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन् । मृतक शाहीको न्यायका लागि जिल्लामा लगातार आन्दोलन भैरहेको छ । यस्तै संघीय राजधानी काठमाडौंमा पनि उनको न्यायका लागि संघर्ष गरिने बताइएको छ ।

Loading...