अछाम, २१ जेठ– जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका ललित बहादुर कुँवर विजयी भएका छन् ।

साँफेबगर नगरपालिका वडा नं. ८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मंगलसेन नगरपालिका वडा नं. ६ का दुर्गा प्रसाद भण्डारीले ६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका दानमति बम शाहीले १२ मत ल्याई बिजयी हुँदा नेकपा एमालेका पुतलीदेवि रावलले ६ मत ल्याएका थिए । सदस्यहरुमा नेपाली कांग्रेसका चक्रा कुमारी रावल, लक्ष्मी स्वर्णाकार, सीता भण्डारी, द्वारिका प्रसाद उपाध्याय, नरेन्द्र बहादुर कुवर (एन प्रताप) र पुर्ण बहादुर रावल तथा दलित सदस्यमा माओवादी केन्द्रका प्रभात विश्वकर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलित सदस्यमा नेकपा एमालेका उम्मेदवारले गठबन्धनको १ मत प्राप्त गर्न सफल भएका छन् । एमालेको ६ मत भएपनि एमाले उम्मेदवार सुरत कामीले ७ मत प्राप्त गरेका हुन् । १० पालिकाका २० मत रहेको अछाममा १८ मत मात्रै खसेका थिए । २० मत मध्ये कांग्रेसका ११, एमालेका ६, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ मत रहेका छन् ।