अछाममा ५ दिनदेखि बेपत्ता युवक मृत फेला

अछाम, २१ जेठ– अछाममा गत जेठ १७ गतेदेखि बेपत्ता किशोर मृत अवस्थामा फेला परेका छन् । पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४ कालिका स्थानका १५ वर्षीय विनोद शाहीको शव फेला परेको हो ।

उनको वडा नम्बर ४ कालिकास्थानको तल्लो कुच्ची भन्ने ठाउँमा भीरमा शव फेला परेको हो । बैशाख ३० गते भएको निर्वाचनको बेला भएको मनमुटावलाई लिएर जेठ १७ गते गाउँकै एमाले र कांग्रेसका युवाहरू बीच झगडा भएको थियो ।

Navadurga sun
Godawari sandesh

त्यही दिनदेखि उनी आफन्तको सम्पर्कमा थिएनन् । त्यस दिन युवाहरू बीचको झगडा साम्य पार्न प्रहरी गाउँमै पुगेको थियो । प्रहरीले स्थानीय महिलालाई धरपकड गरेको र गर्भवति महिलालाई दुर्ववहार गरेको गाउँलेको आरोप छ ।

Dadeldhura hospital

झगडास्थलमा प्रहरी पुगेको दिनबाटै शाही बेपत्ता रहेका गाउँलेहरूको भनाइ छ । आफुहरुले प्रहरीले नै युवकलाई नियन्त्रणमा लिएको होला भन्ने ठानेको तर पछि बुझ्दा नभए पछि खोजिका लागि शुक्रबार प्रहरीलाई खबर गरेको स्थानीय बखत बहादुर शाहीले बताए । युवकको कांग्रेस कार्यकर्ताले हत्या गरेको शाहीको आरोप छ ।

मृत भेटिएका शाही एमाले कार्यकर्ता रहेको बताईएको छ । गाउँलेहरूले झगडा साम्य पार्न पुगेको प्रहरीले महिला तथा बालबालिहरू माथि अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । प्रहरीकै घेराबाट विनोदलाई बेपत्ता पारिएको गाउँलेहरूको आरोप छ ।

प्रहरीले झगडा गर्ने युवाहरूलाई नियन्त्रणमा लिन खोज्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छ । सो भिडियोमा प्रहरीले एक युवकलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको देखिन्छ । त्यहाँ महिलाहरूले प्रहरीले आफूहरू माथि दुर्व्यवहार गरेको बताइरहेको सुनिन्छ । शनिवार बिहान १० बजेतिर शव फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

सदरमुकाम मंगलसेनबाट प्रहरी टोली परिचालन भएपनि घटनास्थल पुग्न सकेको छैन । कांग्रेस र एमाले कार्यकर्ता वीच विवाद भए पछि प्रहरी घटनास्थल पुग्न नसकेको प्रहरी निरिक्षक कैलाशसिंह बिष्टले बताए ।

‘एमाले र कांग्रेसका कार्यकर्ताहरू बीच विवाद भएर आक्रोशित भिडले प्रहरीलाई घटनास्थलमा पुग्न दिएको छैन,’ विष्टले भने, ‘हामी अनुसन्धान गर्न मंलगसेनबाट आएका थियौं तर जान सकेका छैनौं ।’ प्रहरी टोली अहिले ईलाका प्रहरी कार्यालय विनायकमा बसेको छ । थप छलफल तथा सहजीकरणका लागि पार्टीका जिल्ला तहका नेतालाई बोलाएको प्रहरीले जनाएको छ ।

Loading...