कैलालीको अत्तरियामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशबहादुर बोहरा

अत्तरिया, १६ जेठ- कैलालीको गोदावरी नगरपालिकामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तयार नेपाल परियोजनाले सहयोग गरेको कार्यक्रमको आयोजक गोदावरी नगरपालिका रहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उक्त एक दिने संचालन अन्तरक्रिया कार्यक्रम गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर उप प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकिय अधिकृत बसन्त खत्री, सुचना अधिकृत शिवराज भाट लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा फिल्टीङ्ग डाइरेक्टर अजय पाण्डेले प्रशिक्षण कार्य गर्नु भएको कार्यक्रमको सहजिकरण तथा कार्यक्रम संचालन तयार नेपाल परियोजनाका फिल्ड कोडिनेटर निराजन चौधरीले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा मनसुन पूर्वतयारी योजनाको उद्देश्य, योजनाको आवश्यकता र महत्व, मनसुनमा हुने मुख्य विपद्हरु, मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धित बिषयगत क्षेत्रको जिम्मेवारी, नगरपालिकाको मौजुदा क्षमता, बिषयगत क्षेत्रको क्षमता, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, आपतकालीन शिक्षा क्षेत्र, शीघ्र पुनर्लाभ क्षेत्र लगायतका बिषयहरुमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

यस परियोजनाले के कस्तो कामहरु गर्छ भन्ने कुराको जानकारी गराइएको थियो । यसको कार्यक्षेत्र ८ वटा नगरपालिकाहरुलाई समेटिए कार्य गरिरहेको फिल्ड कोडिनेर चौधरीले बताए ।

Loading...