धनगढीको विकासका लागि पञ्चवर्षीय योजना अघि सार्ने गोपाल हमालको पहिलो निणर्य

धनगढी, ९ जेठ- धनगढी उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाई अघि बढ्ने पहिलो निणर्य गरेका छन् । पदभार ग्रहण गरेसँगै उनले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै सो निणर्य गरेका हुन् ।

सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७९/०८० देखि २०८३/०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाई कार्यान्वयनमा लैजाने सो निणर्यमा भनिएको छ ।

निणर्य पुस्तिकामा भनिएको छ, ‘स्थानीय सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गर्न आवश्यक प्रक्रियागत कानून चालु आर्थिक वर्षमा अगाडि बढाउन र यसको लागि बजेट विनियोजन भैसकेकोले सो कार्य गर्नु मनासिवदेखि आवश्यक निणर्यार्थ पेस गरेको छु ।’

Loading...