बैतडीका १० ओटै पालिकाका मेयरले शपथ लिए

बैतडी, ७ जेठ– बैतडीका दशओटै पालिका प्रमुखले शपथ ग्रहण गरेका छन्। जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीले दशओटै पालिकाका नवनिर्वाचित प्रमुखहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

Bhancha ghar0

पालिकाका प्रमुखहरुले निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुले सम्बन्धित पालिका प्रमुखबाट शपथ लिनुपर्ने कानुनी व्यवस्था छ। पालिका अन्य जनप्रतिनिधिहरुले पालिका प्रमुखबाट शपथ लिनेछन् ।

Leave A Reply

Your email address will not be published.