धनगढी, ७ जेठ- धनगढी उपमहानगरपालिका ८ को वडा अध्यक्षमा नेकपा एमालेका जुगराम चौधरी प्यानल सहित विजयी भएका छन् ।

उनका प्रतिषप्रदी नेपाली कांग्रेसका देवराज जोशीले १ हजार ४४ मत ल्याउँदा चौधरीले १ हजार ५२ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै नेकपा एमालेका पुरै टिम बिजयी भएका छन् । विजय हुनेमा पार्बती गिरी, अमृता कामी, विष्णु जोशी, सुरेन्द्र राना रहेका छन् ।