Satyawati
Division ban Pahalmanpur

बझाङका सबै स्थानीय तहको नतिजा सार्वजनिक

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बझाङ, ५ जेठ– बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका २ नगरपालिका र १० गाउँपालिका मध्ये नेपाली कांग्रेस ६, नेकपा (एमाले) ३, नेकपा (माओवादी केन्द्र) २ र नेकपा (एकीकृत समाजवादी) ले १ स्थानीय तहमा जित हासिल गरेको छ ।

Malpot office dadeldhura

कांग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । एमाले साइपाल, तल्कोट र थलारा गाउँपालिकामा विजयी भएको छ । माओवादी केन्द्रले दुर्गाथली र छविसपाथीभेरा गाँउपालिकाको प्रमुखमा जित हात पारेको छ भने केदारस्युँ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ ।

त्यस्तै पालिकाको उपप्रमुख पदमा भने कांग्रेसले ५, एमालेले २, माओवादी केन्द्रले ३ र समाजवादीले २ स्थानीय तहमा जित हात पारेको छ । कांग्रेसले सुर्मा, दुर्गाथली, केदारस्युँ, थलारा र वित्थडचिर गाउँपालिका, एमालेले तल्कोट र साइपाल गाउँपालिका, माओवादी केन्द्रले खप्तडछान्ना तथा मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा उपप्रमुख पदमा विजयी भएको छ ।

जिल्लाका ९४ वडामध्ये कांग्रेसले ३१, एमालेले २७, माओवादी केन्द्रले ११ र एकीकृत समाजवादीले १६ वडामा वडाध्यक्ष जितेको छ । जिल्लाभर ८ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...