दार्चुलाका नवनिर्वाचित पालिका प्रमुखले लिए शपथ

Bhancha ghar0

दार्चुला, ५ जेठ- दार्चुलाका ९ ओटै स्थानीय तहमा निर्वाचित भएका पालिका प्रमुखहरुले शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिश कोमल प्रसाद आचार्यले नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन्।

नगरपालिकाका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुले पालिकामै सपथ ग्रहण गर्नेछन् । दार्चुलाको दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच स्थानीय तहको प्रमुखमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् । चार गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

Leave A Reply

Your email address will not be published.