कैलालीकाे गोदावरीमा नगर प्रमुखमा कांग्रेसका भट्ट तथा उपप्रमुखमा एमालेकी रोकाया विजयी

अत्तरिया, ४ जेठ- कैलालीको गोदावरी नगरपालीकाको मतगणना सकिएको छ । गत शुक्रबार रातीबाट सुरु भएको गणना बुधबार दिउँसो सकिएको हो ।

Bhancha ghar0

प्रमुखमा नेपाली कांग्रेसका विरेन्द्र भट्ट तथा उपप्रमुखमा नेकपा एमालेकी शारदा देवि रोकाया विजयी भएका छन् । कांग्रेसका भट्टले नेकपा एमालेका गोकणर् भट्टलाई ४ हजार २७७ मतले पछीपार्दै विजयी भएका हुन् । भट्टले १५ हजार ५०१ मत पाँउदा एमालेका उम्मेदवार भट्टले ११ हजार २२४ मत पाएका थिए ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी रोकायाले एकिकृत समाजवादीकी रत्ना कडायतलाई ६८७ मतले पछीपार्दै विजयी भएकी हुन् । रोकायाले १० हजार ६७० मत पाँउदा समाजवादीकी कडायतले ९ हजार ९८३ मत पाएकी छिन् । यस्तै नगरभित्रका १२ वडा मध्य ७ ओटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ४ ओटा वडामा नेकपा एमालेले जित हात पारेको छ ।

एउटा वडा भने कांग्रेस सर्मथक स्वतन्त्र उम्मेदवारले जितेका छन् । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालीकामा कुल ३६ हजार ४७७ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.