अत्तरिया, ४ जेठ- कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ मा नेकपा एमालेका जग्गु राम चौधरी विजयी भएका छन । चौधरी १ हजार ४२५ मत सहित विजयी भएका हुन ।

उनका प्रतिद्धिन्द्धि नेपाली कांग्रेसका जय राज फुलाराले १ हजार १५४ मत ल्याएका छन । चौरधरीले फुलारालाई २७१ मतान्तरले पराजित गरेका हुन । वडामा एमाले प्यानल सहित विजयी भएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका लक्ष्मी राज भट्टले २२३ र राप्रपाका जगत बहादुर साउदले ४९ मत ल्याएका छन । यस वडामा मेयर पदका लागि नेपाली कांग्रेसले १ हजार २०८, नेकपा एमाले १ हजार ३९८ मत ल्याएका छन भने उपमेयरमा एकीकृत समाजवादीले ८०९ र एमालले १ हजार ३२८ मत पाएका छन ।