डडेल्धुराको परशुराममा काँग्रेसबाट २८ बर्षीय युवा मेयरमा निर्वाचित

डडेल्धुरा, ४ जेठ- डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छन् । उनी ५ हजार ९४१ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड) ले ५ हजार ८०५ मत ल्याए भने एमालेका केशव बोहराले २ हजार ६०६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा माओवादीकी विमला महता विजयी भइन् । उनले ५ हजार ८८५ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कलावती बोहराले ४ हजार ५९३ मत ल्याइन् । एमालेकी गोमती पन्तले ३ हजार २९६ मत पाइन् ।

Loading...