
अत्तरिया, ३ जेठ- गोदावरी नगरपालिका मा एमाले ले पहिलो जित हासिल गरेको छ । एमाले वडा अध्यक्ष का उम्मेदवार शुद्दीराम चौधरी बिजयी भएका छन् ।
उनी संगै एक जना वडा सदस्य पनि निर्बाचित भएका छन् । चौधरी ले ८८४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार ले ७६४ मत पाएका छन् । त्यस्तै उक्त वडाबाट कलम ले २३५ मत पाएको छ भने राप्रपाको हलोले ५९६ मत पाएको छ ।