पत्रकार महासंघ सुदूरपश्चिमले १ करोडको अक्षयकोष स्थापना गर्ने घोषणा
धनगढी, ११ बैशाख- नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले १ करोड रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्ने भएको छ । शनिबार धनगढीमा आयोजित नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमका बीच अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष योगेश रावलले पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै एक वर्षभित्रै पत्रकारको स्वास्थ्य सुरक्षाको लागि १ करोड रुपैयाँको कल्याण कोष स्थापना गर्ने घोषणा गरेका हुन् । अध्यक्ष रावलले सो कोषमा व्यक्तिगत रुपमा १ लाख रुपैयाँ जम्मा गर्ने बताएका छन् । पदस्थापन कार्यक्रम सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको प्रमुख अतिथ्यमा भएको थियो ।

