आरजु देउवालाई सोध्यो आयोगले स्पष्टीकरण

कांग्रेसकी नेतृ आरजु राणा देउवालाई निर्वाचन आयोगले मंगलबार स्पष्टीकरण सोधेको छ । आयोगले उनले चुनावी सभाहरुमा दिएको अभिव्यक्तिबारे आयोगमा उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको जनाएको छ ।

Dadeldhura hospital

मतदातालाई अनुचित प्रभावमा पार्न खोजेको र आर्थिक प्रलोभन देखाउने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको निर्वाचन आयोगको पत्रमा जनाइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

संघीय सरकारबाट स्थानीय तहहरुलाई के कति बजेट जाने भन्ने सम्बन्धमा संविधान र कानुन बमोजिम संघीय संञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सकारबीच राजश्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारणको व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै आयोगले बोलेको विषय संविधान सम्मत छ कि छैन भनेर प्रश्न गरेको छ ।

 

Loading...