तुलसीपुरका एमाले वडाध्यक्ष उम्मेदवारको मृत्युु

दाङ तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए । उनले यसअघिको कार्यकाल तुलसीपुर– १७ को वडा सदस्य भएर समेत काम गरेका थिए ।

Ganyapdhura gau
Dadhaldhura pur

चुनाव प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो ।

Navadurga sun

त्यहीं क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए । उनको शवलाई दाहसंस्कारका लागि दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...