सुदूरपश्चिममा निर्विरोध निर्वाचित हुनेमा एमाले अगाडि

सुदूरपश्चिममा स्थानीय तहको निर्वाचनमा निर्विरोध निर्वाचित हुनेमा नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा दलित महिला सदस्यको कोटामा १२ र महिला सदस्यको कोटामा तीन जना गरी १५ जना निर्विरोध निर्वाचित भएका हुन् ।

Dadeldhura hospital

प्रदेशमा एमालेका सात, कांग्रेसका चार, माओवादी केन्द्रका दुई, एकीकृत समाजवादी र स्वतन्त्रबाट एकरएक जना निर्विरोध भएका हुन् । निर्वाचित हुनेमा बाजुराको बुढीनन्दा नगरपालिका–४ मा दलित महिला सदस्य कोटामा एमालेबाट उम्मेदवार बनेकी २६ वर्षीया बसन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी ६० वर्षीया टुमरा दमाई, त्रिवेणी नगरपालिका–७ मा कांग्रेसबाट ६० वर्षीया औलादेवी लुहार र हिमाली गाउँपालिका–१ मा माओवादी केन्द्रकी उम्मेदवार ३६ वर्षीया रूपसरी कामी निर्विरोध निर्वाचित भएका छन् ।

Navadurga sun
Godawari sandesh

यस्तै, गरी बझाङको साइपाल गाउँपालिका–१ मा कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी ३६ वर्षीया सुरती कामी, वडा नम्बर ४ मा कांग्रेसबाटै ४२ वर्षीया अम्रिता कामी, केदारस्यूँ गाउँपालिका–४ मा दलित महिला सदस्य कोटामा स्वतन्त्र उम्मेदवारी दिएकी ५५ वर्षीया कन्थरीदेवी ओखेडा, केदारस्यूँ-७ की माओवादी केन्द्रबाट दलित महिला सदस्यकी उम्मेदवार ५३ वर्षीया रम्भुदेवी कामी निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचन शुक्रबार हुँदै छ । उम्मेदवारहरूको प्रचारप्रचार गर्ने अवधि मंगलबार राति देखि समापन हुँदै छ ।

Loading...