टिभी हेर्न नपाएको भन्दै नातिनीले गरिन् हजुरआमाको हत्या

टेलिभिजन हेर्न नपाएपछि हजुरआमाको हत्या गरेको आरोपमा नातिनी पक्राउ परेकी छन्। उदयपुरको त्रियुगा नगरपालिका-१३ बहेडवाकी ६७ वर्षीया सुखनीदेवी चौधरीको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी २४ वर्षीया ममता चौधरी पक्राउ परेकी हुन्।

Ganyapdhura gau
Dadhaldhura pur

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आर्चायका अनुसार ममताले रिसइबीका कारण हत्या गरेको बताए।

Navadurga sun

‘टेलिभिजन हेर्ने क्रममा हजुरआमा र नातिनीबीच कुराकानी हुँदै जाँदा विवाद उत्पन्न भएको थियो,’उनले भने, ‘नातिनी ममताले मृतक हजुरआमा सुखनीदेवीलाई भुईमा लडाई घाँटी थिची हत्या गरेको बयान दिएकी छिन्।’ हत्यापछि फरार रहेकी ममतालाई प्रहरीले वैशाख १८ गते पक्राउ गरेको हो ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...