जगन्नाथले भेटेनन् देउवालाई

नेपाली कांग्रेसका पूर्वसांसद एवम् भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार जगन्नाथ पौडेल र सभापति शेरबहादुर देउवाबीच संवाद हुन सकेन।भरतपुरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालको पक्षमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुधबारै पुगेका देउवा र बागी उठेका पौडेलबीच संवाद हुन नसकेको हो।

बिहीबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग उम्मेदवार जगन्नाथ पौडेलले होटल सिराइचुली पुगेर तीन मिनेट लामो संवाद गरेका छन्।वरिष्ठ नेता पौडेलका स्वकीय सचिव मनोज गिरीका अनुसार दुईजनाबीच करिब ५ मिनेट भेट हुँदा ३ मिनेट कुरा भएको थियव।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गिरीका अनुसार सिराइचुलीमै बसेका सभापति देउवालाई भने पौडेलले नभेटी निस्किएका थिए।

पौडेल बिहान ७:२५ तिर कांग्रेस नेताहरु बसेको होटेल सिराइचुली पुगेका थिए। गिरीका अनुसार उनी र पौडेलबीच ३ मिनेट जति कुरा भएको हो।’उहाँ फेरि पछि भेट्छु भनेर निस्किनु भयो’, गिरीले भने, ‘खास लामो कुरा भएन।’

सभापति देउवासहितका नेताहरु बसेकाले अहिले सिराइचुली होटल परिसरमा काङ्ग्रेस नेता कार्यकर्ताको भीड लागेको छ। वरिष्ठ नेता पौडेललाई भेटेपछि उम्मेदवार जगन्नाथ पौडेल ज्योतिनगरबाट चुनावी प्रचारमा जुटिसकेका छन्।

Loading...