कांग्रेसका बागीलाई उम्मेदवारी निष्क्रिय गर्न भोलिसम्म समय

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई बुधबारसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएको छ। गत शुक्रबारसम्म उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई बुधबारभित्र वक्तव्य निकालेर उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

कांग्रेसले बागी उम्मेदवार र उनीहरूका प्रस्तावक तथा समर्थकलाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएको हो। ‘आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुर्नविचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गरिदिनु हुन र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुनु हुन निर्देशानुसार अनुरोध गरिएको छ,’ मुख्यसचिव पौडेलले भने।

Navadurga sun

कांग्रेसले यसअघि शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिनेलाई स्वतस् पार्टीबाट कारबाही भएको मानिने चेतावनी दिएको थियो।चितवनलगायत केही जिल्लाका स्थानीय तहमा बागी उम्मेवारले उम्मेदवारी फिर्ता लिएका छैनन्।

‘२०७९ वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निस्कृय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धतासहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई पुर्नविचार गर्न सक्नेसमेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,’ कांग्रेसले भनेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...