बझाङमा सत्तारुढ गठवन्धनका दलहरू बीच पालिका बाडफाडमा कुरा मिल्यो

बझाङ, ७ बैशाख– जिल्लामा लामो कसरतपछि सत्तारुढ गठवन्धनका दलहरू बीच पालिका बाडफाडमा कुरा मिलेको छ । जिल्लाका १२ वटै स्थानीय तहको भागबन्डामा सहमति जुटेको हो ।

Dadeldhura hospital

दुई वटा नगरपालिका र ५ वटा गाउँपालिका गरी ७ मा कांग्रेसले नेतृत्व गर्ने सहमति भएको छ । ३ वटा गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र २ वटा पालिका माओबादी केन्द्रको भागमा परेको छ ।

Navadurga sun
Godawari sandesh

जस अन्तर्गत कांग्रेसले जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिकामा नेतृत्व पाएको हो ।

त्यस्तै समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिकाको नेतृत्व पाएको छ । माओवादी केन्द्रलाई दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका भागमा परेको छ । यस्तै कांग्रेस ६ उपप्रमुख, माओबादी केन्द्रले ४ उपप्रमुख र समाजवादीले २ उपप्रमुखको पाउने सहमति भएको छ ।

Loading...