एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको : अध्यक्ष ओली

बझाङ, २८ चैत– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् । एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको उनको दाबी छ ।

Ganyapdhura gau

बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले एमालेको सरकार केही समयका लागि मात्र ढलेको उल्लेख गरेका छन्।

Navadurga sun

‘परमादेशका माध्यमबाट सरकार अलिकति समयका लागि, तर जनताको मनबाट ढलेन, उखेलिएन । त्यसैले तपाईँहरू चुनावको प्रतीक्षामा हुनुहुन्छ, एमालेलाई जिताउनका लागि । आज देशभरि जनलहर उर्लिएको छ एमालेको पक्षमा ।’ ओलीले भने, ‘एमाले सरकारमा छैन, प्रतिपक्षमा छ । एमालेले मन्त्री बनाउँदैन । कसैलाई राजदूत नियुक्त गर्दैन । तर, सत्तारुढ पार्टीका कार्यकर्ताहरू खोलो पहिरो भएर एमालेमा प्रवेश गरिरहेका छन् ।’

ओलीले चुनाव रोक्न सरकारले धेरै कोसिस गरेको बताए । कानून परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको उनको दाबी छ ।

Couple
Loading...