अछाम कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफल पार्न निर्देशन

अछाम, २० चैत– नेपाली कांग्रेस अछामले स्थानीय तह निर्वाचन लक्षित अभियान ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ सफल पार्न मातहतलाई जिम्मेवार भएर लाग्न निर्देशन दिएको छ । शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले गरेको निणर्य अनुसार अछाम कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफल पार्न मातहतलाई जिम्मेवार भएर लाग्न निर्देशन दिएका सभापति पुष्पबहादुर शाहले जानकारी दिए ।

Dadeldhura hospital

बैठकको निणर्य सार्वजनिक गर्दै आइतबार जारी विज्ञप्तिमा ‘बैठकले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल पार्न सबै निकायलाई जिम्मेवार भएर लाग्न अनिवार्य रुपले निर्देशन गर्ने’ उल्लेख छ। अछाम कांग्रेसले पार्टीको मर्यादाविपरित सामाजिक सञ्जाल, सार्वजनिक स्थल र सार्वजनिक कार्यक्रममा अनावश्यक टिका-टिप्पणी नगर्न र व्यक्तिगत लान्छना लाग्ने कुनै पनि किसिमका गतिविधि नगर्न पनि सचेत गराएको छ ।

Navadurga sun
Godawari sandesh

‘पार्टीको मर्यादाविपरित कोही कसैले सामाजिक सञ्जाल, सार्वजनिक स्थान, सार्वजनिक कार्यक्रममा अनावश्यक टिका-टिप्पणी व्यक्तिगत लान्छना लाग्ने कुनै पनि किसिमको गतिविधि नगर्न-नगराउन सचेत गराउने निणर्य पारित गरिएको’ विज्ञप्तिमा भनिएको छ ।

Loading...