नेपाली काँग्रेस विपीको संयोजकको जिम्मेवारी हमाल

डडेल्धुरा, ४ फागुन– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुुरको देउवाको गृहजिल्लामा नेपाली काँग्रेस (विपी) को कार्यसमिति गठन हुने प्रक्रिया सुरु भएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श बनाएको नेपाली काँग्रेस (विपी) को जिल्ला संयोजकको जिम्मेवारी तिलक हमालले पाएका छन् ।

Dadeldhura hospital

बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापति बिष्णुप्रसाद ढकालले हमाललाई संयोजकको जिम्मेवारी दिएका हुन् । नेपाली काँग्रेस डडेल्धुराका पूर्व जिल्ला कार्य समिति सदस्य समेत रहेका उनले जिल्लामा छिट्टै कार्य समिती विस्तार गर्ने बताए ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेस ठेकेदारको पार्टी भइसकेकोले काँग्रेस छोडेको बताए । उनले भने, ‘व्यक्तिले पार्टीलाई सञ्चालन गर्न थाले, वीपीको समाजवाद हराउन थाल्यो । नेपाली काँग्रेस विपीको बिचार मन पर्यो र यो पार्टीमा समाहित हुन आए।’

डडेल्धुरा कांग्रेसभित्र पछिल्लो समयमा विभिन्न गुट-उपगुट देखिन थालेका छन् । काँग्रेसको १४औं महाधिवेशनमा समेत देउवाले गृहजिल्लामा एकलौटी रूपमा निर्वाचन गरेको आरोप लाग्दै आएको छ ।

Loading...