
बालबालिकामा हुने क्यान्सर पनि विभिन्न किसिमका हुन्छन्। ती मध्ये सबैभन्दा धेरै देखिएको रक्त क्यान्सर हो। बालबालिकामा हुने क्यान्सर जति चाँडो पत्ता लाग्यो, त्यति नै प्रभावकारी रुपमा निको पार्न सकिने हुँदा यसका लक्षणहरु जान्न आवश्यक छ।




बालबालिकाहरुमा ल्युकेमिया (रक्त क्यान्सर), मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्युरोब्लास्टोमा, विल्म्स ट्युमर जस्ता क्यान्सर देखिन सक्छ। बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको लक्षण देखिनेवित्त्किै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्ने हो।


समयमै पत्त लगाएर उपचार गरे ९० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन्छ। बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालहरुमा सहुलियतसहित कम खर्चमा उपचार गर्ने व्यवस्था गरिएको चिकित्सकहरु बताउँछन्।




