सरकारका प्रवक्ताले भने : वैशाख ३० गते एकै चरणमा निर्वाचन हुन्छ, कानुनले छेक्दैन

सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका छन्। उनले निर्वाचन आयोगको सिफारिस अनुसार नै वैशाख ३० गते एकै चरणमा निर्वाचनमा जाने निर्णय सरकारले लिएको बताएका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

‘मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ’, उनले भने, ‘निर्वाचन आयोगले यसअघि जेठ ४ गतेको मिति दिएको थियो। तर आयोगसँग फेरि परामर्श गरेर यो मिति तय गरिएको हो।’

Navadurga sun

मन्त्री कार्कीले वैशाख ३० गते निर्वाचन गर्दा कानुनले कुनै अवरोध नगर्ने पनि जानकारी गराएका छन्।

‘जेठ ४ गतेभित्र निर्वाचन गर्दा कुनै कानुनी अवरोध नहुने आयोगले नै भनिसकेको छ’, उनले भने, ‘त्यसैले अब कानुन संशोधनको बाटोमा जानुपर्दैन। वैशाख ३० वा जेठ ४ गते निर्वाचन गर्दा कानुनमा खासै परिवर्तन गर्नुनपर्ने भएकाले यो निर्णय लिएका हौँ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...